ब्याज बढाउने प्रतिस्पर्धाबाट पछि हटे बैंक, जनता बैंकको मुद्दती योजना फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

ब्याज बढाउने प्रतिस्पर्धाबाट पछि हटे बैंक, जनता बैंकको मुद्दती योजना फिर्ता

iterest-rate-and-bankers-sangh

काठमाडौं, ६ पुस । जनता बैंक नेपाल लिमिटेडले मुद्दती खातामा बढाएको ब्याजदर बिहीवारबाट लागू हुने गरी फिर्ता लिएको छ ।

बाणिज्य बैंकहरुबीच निक्षेपमा ब्याजदर बढाउने प्रतिस्पर्धा चल्न थालेपछि राष्ट्र बैंक र अर्थ मन्त्रालयको आग्रहमा बाणिज्य बैंकहरुले बिहीवार बैठक बसेर ब्याजदर नबढाउने सहमति गरेका छन् ।

बिहीबार आकस्मिक रुपमा बसेको नेपाल बैंकर्स एशोसिएशनको बैठकले ब्याजदर नबढाउने सहमति गरेको हाे । बढ्दो ब्याजदरले पूँजीबजारका साथै समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेको भन्दै व्यापक विरोध र आन्दोलन नै भएपछि सरकार र केन्द्रीय बैंकलाई दबाब परेको थियो ।

त्यसैले अस्वाभाविक परिस्थिति रोक्नका लागि सरकारले अध्ययन समिति बनाएर राय लियो भने राष्ट्र बैंकले बैंकरहरूलाई दबाब सृजना गरिरह्यो । फलस्वरूप, बिहीवार बैंकर्स संघ र २८ वाणिज्य बैंकहरूका सीईओसँग छलफल गरेर ब्याजदर घटाउन सफल देखियो राष्ट्र बैंक ।

छलफलमा व्यक्तिगत मुद्दतीको ब्याजदर ९ दशमलव २५ प्रतिशतदेखि ९ दशमलव ७५ प्रतिशतसम्म र संस्थागततर्फ ८ दशमलव ५ प्रतिशत कायम गर्ने सहमति भएको बताइएको छ । बचत खातामा भने ६ दशमलव ५ प्रतिशत ब्याज दर कायम गर्ने सहमति भएको बुझिएको खबर अाजकाे आर्थिक अभियानमा छ ।

सहमतिपछि जनता बैंकले शुरु गरेको वार्षिक १२ प्रतिशतले मासिक रुपमा ब्याज प्राप्त गर्ने बिशेष मुद्दती योजना बन्द गरेको बिहीवार एक विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);