दिउँसै बत्ती बालेर पढाउनुपर्ने बाध्यताबाट छुटकारा पाउँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

दिउँसै बत्ती बालेर पढाउनुपर्ने बाध्यताबाट छुटकारा पाउँदै

Classroom

काठमाडौं, ६ पुस । पनौती नगरपालिका–७ स्थित पनौती आधारभूत विद्यालयमा नयाँ भवन बन्ने भएपछि शिक्षक र विद्यार्थी दिउँसै बत्ती बालेर पठनपाठन गर्नुपर्ने बाध्यताबाट छुटकारा पाउने भएकाे खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

पाठशालाको नामबाट चर्चित उक्त विद्यालयको स्थापना १९७२ सालमा भएको थियो । शताब्दी पुरानो सो विद्यालयले आन्तरिक पर्यटकको समेत ध्यान आकर्षित गरेको छ ।

समाचारकाे अनुसार विद्यालय पनौती क्षेत्रको पुरानो गल्लीभित्र रहेको छ । यो ठाउँबाट प्रसिद्ध मकर मेला हेर्न जाने स्थल ब्रह्मायणी क्षेत्र नजिकै पवर्छ । यहाँ पुग्ने जोकोहीले पनि विद्यालयको अवलोकन गर्ने गरेका छन् । सो विद्यालयमा शिशु कक्षादेखि कक्षा ८ सम्म पठनपाठन गरिँदै आएको छ ।

नयाँ भवन निर्माणपछि पठनपाठनमा निकै सहजता आउने विद्यालयका प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकारले बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षाकोठा निकै साँघुरा छन्, कष्टकररुपमा विद्यार्थीलाई पढाइरहेका छौँ ।” विद्यार्थी सङ्ख्या अत्यधिक भए पनि भौतिक पूर्वाधारको अभावमा २०४५ सालमा निर्मित पुरानै भवनमा पढाउन बाध्य भएको उहाँको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);