निर शाह भन्छन्–आयातित सामग्रीले प्रश्रय पाउनेगरी खोलिएका पसलमा नेपाली सामान बिक्दैनन् | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

निर शाह भन्छन्–आयातित सामग्रीले प्रश्रय पाउनेगरी खोलिएका पसलमा नेपाली सामान बिक्दैनन्

काठमाडौं,३ पुस । अग्रज कलाकार निर शाहले नेपालमा चलचित्र क्षेत्र राष्ट्रिय र उद्योगका रुपमा विकास हुन नसकेको बताउनुभएको छ । मंगलवार निफ २०२४ बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा अहिलेसम्म पनि चलचित्र नामको कर्म मात्रै रहेको बताउनु भयो ।

उहाँले चलचित्र कर्मलाई दिगो रुपले टेवा दिने उपयुक्त किसिमको पुँजी व्यवस्थापन नहुनु र बजार व्यवस्थापन नहुनु आजको हाम्रो चलचित्र कर्मको सबैभन्दा ठूलो चुनौति रहेको बताउनु भयो । उहाँले देशमा नेपाली सिनेमा देखाउने चलचित्र घर नै नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीसँग चलचित्र नामको कर्म छ, तर त्यो उद्योग हुनसक्यो की सकेन ? त्यसमा अध्ययन गर्न जरुरी छ । हामी राष्ट्रिय चलचित्र उद्योग भन्छौँ, त्यो उद्योग हुनसक्यो की सकेन भन्नेमा विश्लेषणात्मक अध्ययनको जरुरी छ । मेरो विचारमा हुन सकेको छैन । राष्ट्रिय पनि हुन सकेको छैन । उद्योग पनि हुन सकेको छैन । चलचित्र चाहीँ छ । चलचित्र कर्मलाई दिगो रुपले टेवा दिने उपयुक्त किसिमको पुँजी व्यवस्थापन नहुनु र बजार व्यवस्थापन नहुनु आजको हाम्रो चलचित्र कर्मको सबैभन्दा ठूलो चुनौति हो । नेपाली सिनेमा देखाउने चलचत्रि घरहरु नै छैनन्, जुन देशमा, त्यो देशमा नेपाली चलचित्रको विकास कसरी हुन्छ ? आयातित सामग्रीले प्रश्रय पाउनेगरी खोलिएका पसलहरुमा आफ्नो सामान राखेर हामी माथि पुग्छौँ ?’

अग्रज कलाकार शाहले आयातित चलचित्रले प्रश्रय पाउनेगरी खोलिएका चलचित्र घरहरुमा नेपाली चलचित्र प्रदर्शनी गरेर चलचित्र क्षेत्रको विकास हुन नसक्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);