स्कटल्याण्डविरुद्ध नेपाल सात विकेटले विजयी | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

स्कटल्याण्डविरुद्ध नेपाल सात विकेटले विजयी

काठमाडौं,२९ पुस । आइसिसी यू–१९ विश्वकप अघिको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ । वर्षाको कारण अवरुद्ध भएको खेलमा नेपालले स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ विकेटले पराजित गरेको हो ।

एक सय १५ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले २९ दशमलव १ ओभरमा ९९ रन बनाउन तीन विकेट गुमाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । नेपालका लागि अर्जुन कुमालले ३३ र आकाश त्रिपाठीले २९ रन बनाए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ४ सय ४ं४ ओभरमा १ सय १४ रन बनाउँदा अलआउट भएको थियो । नेपालका गुलशन झा र तिलक भण्डारीले ३३ विकेट लिए ।

आइसिसी यू–१९ विश्वकपका लागि दक्षिण अफ्रिका पुगेको नेपाली टोलीको यो तेस्रो जित हो । नेपाल यू–१९ विश्वकपको समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् । नेपालले माघ ७ गते न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछ ।

नेपालले दोस्रो खेल माघ १० गते पाकिस्तान र समूह चरणको अन्तिम खेल माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ । सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);