सकरारले विज्ञापन बजार व्यवस्थापन गर्न नसक्दा बजार खुम्चियोः विज्ञापन एजेन्सीहरु | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

सकरारले विज्ञापन बजार व्यवस्थापन गर्न नसक्दा बजार खुम्चियोः विज्ञापन एजेन्सीहरु

काठमाडौं, २३ पुस ||
सरकारले विज्ञापन बजारलाई व्यवस्थापन गर्न नसक्दा विज्ञापन बजार घट्दै गएको विज्ञापन एजेन्सीहरुले आरोप लगाएका छन् । उनीहरुले सरकारले नीतिगत कार्य गर्दा विज्ञापन उद्योग बढी विकास गर्ने भन्दा नियन्त्रण गर्न लागेकाले विज्ञापन बजार खुम्चिएको आरोप लगाएका हुन् । एजेन्सीहरुले विज्ञापन बजार खुम्चिनुमा विगत केही समयदेखि देशमा भइरहेको आर्थिक गतिविधि र अव्यवस्थित आर्थिक अवस्थालाई दोष लगाएका छन् । केही सिर्जित कारणले पनि विज्ञापन बजार खुम्चिएको उनीहरुको भनाइ छ । नेपाल विज्ञापन संघका नवनिर्वाचित अध्यक्ष सुदीप थापाले सकरार विज्ञापन उद्योग बढी विकास गर्ने भन्दा नियन्त्रण गर्न लागेकाले विज्ञापन बजार खुम्चिएको आरोप लगाउनु भयो । उहाँले विगतमा अर्थतन्त्र आयातमुखीमा निर्भर हुँदा विदेशी ब्राण्डहरुले नेपाली बजारमा गरेको असर र आज नेपाली ब्राण्डहरुलाई चल्नलाई गाह्रो भएको अवस्थाले विज्ञापन बजार खुम्चिएको बताउनु भयो ।
त्यस्तै नेपाल विज्ञापन संघका पूर्वअध्यक्ष रविन्द्रकुमार रिजालले विज्ञापन बजार खस्किनुमा विगत केही समयदेखि देशमा भइरहेको अव्यवस्थित आर्थिक अवस्था र सरकारले विज्ञापन बजारमा गरेको बन्देज रहेको बताउनु भयो । उहाँले देशमा सिर्जित नकारात्मक प्रचारले पनि विज्ञापन बजारमा असर गरिरहेको बताउनु भयो । उहाँले विज्ञापन बजार खस्किनु सरकारले व्यवस्थापन गर्न नसकेको अप्रिय सिर्जित घटना भएको उल्लेख गर्नुभयो ।
त्यस्तै बोग एड्भटाइजिङ एण्ड इभेन्ट म्यानेजमेण्ट कम्पनीका सञ्चालक प्रभत रिमालले विज्ञापन बजार केही हदसम्म खस्किएको सही भएपनि केही खस्काइएको बताउनु भयो । उहाँले प्रतिष्पर्धात्मक बजार नभएका कारणले विज्ञापन बजार खुम्चिएको बताउनु भयो । उहाँले विगतको जस्तै मौन बसेर विज्ञापन बजार अघि बढ्न नसक्ने बताउनु भयो ।
त्यस्तै आउन्ट्रिस नेपालका सञ्चालक उजय शाक्यले विज्ञापन बजार बढाउनका लागि विज्ञापन बजारको पुनः आविष्कार गर्न आवश्यक रहेको बताउनु भयो । विज्ञापन बजार चलाउन अहिलेको सर्भिस रिक्वायरमेण्ट, थिंकिङ रिक्वायरमेण्ट, अहिलेको आइडिया रिक्वायरमेण्ट समयानुकुल अघि परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताउनु भयो ।
त्यस्तै नेपाल विज्ञापन एनसी संघका संस्थापक अध्यक्ष वंशिधर पौडेलले नेपालको अर्थराजनीति डामाडोल रहेकाले विज्ञापन बजार खुम्चिरहेको बताउनु भयो । उहाँले विज्ञापन बजार खुम्चिँदा विज्ञापन व्यवसायी र विज्ञापन दाताहरु दुवैलाई असर पर्ने बताउनु भयो ।
त्यस्तै ब्राण्ड वर्थका सञ्चालक मोहन गजुरेलले सरकारले उद्योगी व्यवसायीहरुसँग गरेका पछिल्ला व्यवहारले विज्ञापन बजार संकुचन भएको दाबी गर्नुभयो । उहाँले विज्ञापन बजार मात्र नभइ नेपालको आर्थिक क्षेत्रका सबै इण्डिकेटरहरु संकुचनमा रहेको बताउनु भयो ।
कोभिड पछिको अर्थतन्त्र, युक्रेन वार, पछिल्लो समय भएका विभिन्न घटनाले विश्वव्यापी रुपमा आर्थिक मन्दी ल्याएको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);