गाजामा ज्यान गुमाउने प्यालेस्टिनीको संख्या निरन्तर बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

गाजामा ज्यान गुमाउने प्यालेस्टिनीको संख्या निरन्तर बढ्दै

काठमाडौं,२२ पुस । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ७ सय २२ पुगेको छ । गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सेनाको आक्रमणबाट पछिल्लो २४ घण्टामा मात्र १२२ प्यालेस्टाइनीको ज्यान गएको छ भने २५६ जना घाइते भएका छन् ।

गत अक्टोबर ७ को आक्रमण यता मृत्यु हुनेको कुल सङ्ख्या २२ हजार ७२२ पुगेको हो । यस्तै घाइतेहरूको सङ्ख्या ५८ हजार १६६ पुगेको छ । यसैबीच इजरायली सेनाका प्रवक्ता अविचाय आद्रेईले सेनाले गाजा शहरको एउटा क्षेत्रमा छापा मारेको बताएका छन् ।

आद्रेईका अनुसार सेनाले प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघ एजेन्सीसँग सम्बन्धित क्लिनिक झोलाभित्र हमासले लुकाएका शङ्कास्पद सैन्य सामग्रीहरु र विस्फोटक पदार्थहरु पनि भेटिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);