मृत्यु हुने प्यालेस्टिनीको संख्या ३१ हजार ५५३ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मृत्यु हुने प्यालेस्टिनीको संख्या ३१ हजार ५५३ पुग्यो

एजेन्सी,४ चैत्र । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३१ हजार ५५३ पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिवार जानकारी दिएको हो ।

गत २४ घण्टामा इजरायली सेनाले ६३ प्यालेस्टाइनीको हत्या गरेको छ भने अन्य ११२ जना घाइते भएका छन् । जसबाट इजरायल–हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३१ हजार ५५३ पुगेको छ भने घाइतेको सङ्ख्या ७३ हजार ५४६ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबीच प्यालेस्टाइनी विदेश मामिला र प्रवासी मन्त्रालयले इजरायललाई गाजापट्टीमा आक्रमण रोक्न बाध्य पार्न संयुक्त राष्ट्र सुरक्षा परिषद्मा बाध्यकारी प्रश्तावमार्फत अन्तर्राष्ट्रिय मानवीय हस्तक्षेपको लागि आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);