जापान भुकम्पमा १३ जनाको मृत्यु,इशिकावामा अर्को भूकम्पको चेतावनी जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

जापान भुकम्पमा १३ जनाको मृत्यु,इशिकावामा अर्को भूकम्पको चेतावनी जारी

एजेन्सी,१७ पुस । जापानको इशिकावामा नयाँ वर्षको दिन गएको ७.२ म्याग्निच्युडको भूकम्पमा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । जापान टुडेका अनुसार प्रधानमन्त्री फुमिया किशिदाले भूकम्पमा ज्यान गुमाउनेको संख्या निकै उच्च रहेको बताएका छन् । जताततै आगो लागेको, सयवटा भवन जलेर खरानी भएको किशिदाले बताए ।

जापानमा १ हजार सुरक्षाकर्मी भग्नावशेषमुनि पुरिएका मानिसलाई बचाउन लागि परेका छन् । समय छोटो छ र धेरै जीवन बचाउनु पर्छ । इशिकावाका ३२ हजार ५०० घर बिजुलीविहीन छन् । बीबीसीका अनुसार १९ अस्पतालमा बिजुली नहुँदा सर्वसाधारणलाई उपचारमा समस्या भइरहेको छ ।

यसै क्रममा जापानको इशिकावा क्षेत्रमा अर्को भूकम्पको चेतावनी जारी गरिएको छ । जापानमा सोमबार पहिलो पटक गएको ७.६ म्याग्निच्युडको भूकम्पपछि ५० वटा परकम्प गएको छ । सबैको तीव्रता ३.४ देखि ४.६ बीचको थियो।
नयाँ वर्षको अवसरमा जापानका राजा नारुहितो आफ्नो परिवारसहित टोकियोमा नयाँ वर्षको कार्यक्रममा सहभागी हुने थिए । तर, इशिकावा भूकम्पपीडितप्रति सहानुभूति प्रकट गर्दै कार्यक्रम रद्द गरिएको हो ।

वास्तवमा, हरेक वर्ष जापानको शाही परिवार दरबारको बालकनीमा आउँछन् र मानिसहरूलाई नयाँ वर्षको शुभकामना दिन्छन् । यो चलन वर्षौंदेखि चलिआएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);