जापानमा भूकम्पमा हालसम्म ३० जनाको मृत्यु,बुलेट ट्रेनमा १४ सय मानिस फसे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

जापानमा भूकम्पमा हालसम्म ३० जनाको मृत्यु,बुलेट ट्रेनमा १४ सय मानिस फसे

एजेन्सी,१७ पुस । नयाँ वर्षको दिन जापानको इशिकावामा ७.२ म्याग्निच्युडको भूकम्प गएको छ । जापान टुडेका अनुसार अहिलेसम्म ३० जनाको मृत्यु भइसकेको छ भने ५० वटा परकम्प पनि परेका छन् । तिनीहरूको तीव्रता ३.४ देखि ४.६ बीचमा रहेको छ ।

इशिकावामा २ सय भवन जलेर खरानी भएका छन् । ३२ हजार ५ सय घरमा बिजुली छैन । यहाँ अर्को भूकम्पको चेतावनी जारी गरिएको छ।

सोमबार राति जापान सरकारले एक लाख मानिसलाई आफ्नो घर छाड्न आदेश दिएको थियो । उनीहरुलाई सुरक्षित स्थानमा पठाइएको छ । तर, सुनामीको चेतावनी फिर्ता लिएपछि धेरै मानिस घर फर्किएका छन् ।

जापानको सरकारी मिडिया हाउस एनएचकेका अनुसार नोटोको पार्किङ स्थलमा ५०० जना सवारी साधनमा फसेका छन् ।

पश्चिम जापान रेलवे कर्पोरेशनका अनुसार १४०० जना मानिसहरू ११ घण्टादेखि बुलेट ट्रेनमा फसेका छन्। अधिकारीहरूले होकुरिकु शहर र टोयामा बीचको बुलेट ट्रेन ट्र्याक जाँच गर्न रोकेका थिए। दुई शहरबीचको रेलमार्गको अनुगमन भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);