जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो

एजेन्सी,१७ पुस । नयाँ वर्षको दिन जापानको इशिकावामा ७.६ म्याग्निच्युडको भूकम्प गएको छ । जापान टुडेका अनुसार हालसम्म २४ जनाको मृत्यु भइसकेको छ भने ५० वटा पराकम्पन पनि रेकर्ड गरिएको छ । तिनीहरूको तीव्रता ३.४ देखि ४.६ बीचमा रहेको छ।

भग्नावशेषमा पुरिएका मानिसको उद्धारका लागि १ हजार सेना परिचालन गरिएको छ । ८ हजारभन्दा बढी सैनिकलाई तयारी अवस्थामा राखिएको छ । इशिकावाका ३२ हजार ५०० घरमा बिजुली छैन । बीबीसीका अनुसार १९ अस्पतालमा बिजुली नहुँदा सर्वसाधारणलाई उपचारमा समस्या भइरहेको छ । यसै क्रममा जापानको इशिकावा क्षेत्रमा अर्को भूकम्पको चेतावनी जारी गरिएको छ ।

नयाँ वर्षको अवसरमा जापानका राजा नारुहितो आफ्नो परिवारसहित टोकियोमा नयाँ वर्षको कार्यक्रममा सहभागी हुने थिए । तर, इशिकावा भूकम्पपीडितप्रति सहानुभूति प्रकट गर्दै कार्यक्रम रद्द गरिएको थियो ।

वास्तवमा, हरेक वर्ष जापानको शाही परिवार दरबारको बालकनीमा आउँछन् र मानिसहरूलाई नयाँ वर्षको शुभकामना दिन्छन्। यो चलन वर्षौंदेखि चलिआएको छ ।

भारतीय दूतावासले भूकम्प पीडितको सहयोगका लागि आपतकालीन नियन्त्रण कक्ष स्थापना गरेको छ । सोसल मिडिया प्लेटफर्म ‘एक्स’ मा दिइएको जानकारीका अनुसार कुनै पनि व्यक्ति यहाँ आएर मद्दत माग्न सक्छन् । यसअघि दूतावासले इमेल आइडी र नम्बर पनि जारी गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);