सुजन रावतका आफन्तले प्रधानमन्त्रीलाई बुझाए ११ बुँदे मागपत्र | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८१, शुक्रबार

सुजन रावतका आफन्तले प्रधानमन्त्रीलाई बुझाए ११ बुँदे मागपत्र

सुर्खेत,१७ पुस । ललितपुरको बालकुमारी घटनामा मृत्यु भएका सुजन रावतका आफन्तले जिल्ला प्रशासन कार्यालय दैलेखमार्फत प्रधानमन्त्रीलाई ११ बुँदे मागपत्र बुझाएका छन् ।

सोमवार जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई मागपत्र बुझाएका हुन ।

सुजनका आफन्तले बालकुमारी घटनाको निष्पक्ष छानबिनका लागि दवावदिन जिल्ला प्रशासन कार्यालय दैलेखमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको मृतकका आफन्त तथा युवा विद्रोह आन्दोलन संघर्ष समिति दैलेखका अगुवा जनक शर्माले जानकारी दिए ।

पीडित परिवारका तर्फबाट सरकारले गठन गरेको छानबिन समिति खारेज गरी स्वतन्त्र निष्पक्ष न्यायिक समिति गठन गर्नुपर्ने माग गरिएको शर्माले बताए । उनका अनुसार सरकारलाई बुझाएको मागपत्रमा मृतकलाई सहिद घोषणा गर्नुपर्ने, आन्दोलनको सुरुवात हुनको कारण पत्तालगाई दोषी उपर कारबाही गर्न, उचित क्षतिपूर्ति दिनुपर्ने विषय समावेश गरिएको छ । त्यस्तै दोषीलाई कारबाही गर्नुपर्ने, मृतकका परिवार एक जनालाई रोजगार दिनुपर्ने, घाइतेको उपचार गर्नुपर्ने, आन्दोलनका क्रममा बेपत्ता पारिएकाहरूको खोजी गरी स्थिति सार्वजनिक गरिनुपर्ने,पक्राउ परेकालाई विनासर्त रिहाइ, मृतकका आफन्तको इच्छा अनुसारको सदगदको व्यवस्था गर्नुपर्ने,लगायतका विभिन्न मागहरु रहेका छन् ।

आज दिनभर सुर्खेत र दैलेखमा आन्दोलनरत आफन्तले जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेका थिए । जिल्ला प्रशासन कार्यालय घेराउसँगै विभिन्न विषयहरु समावेश भएको मागपत्र पेस गरेका थिए ।

ललितपुरको बालकुमारीमा भएको घटनामा दैलेखको महावु गाउँपालिका वडा नंं ६ का सुजन रावत र अछामका वीरेन्द्रबहादुर शाहीको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । हत्याविरोधमा आज दैलेख र सुर्खेतमा सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो ।

समाचारपत्र

अघिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);