मृतकलाई शहिद घोषणा र परिवारका एक जनालाई रोजगारीको व्यवस्था गर्न माग | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८१, शनिबार

मृतकलाई शहिद घोषणा र परिवारका एक जनालाई रोजगारीको व्यवस्था गर्न माग

काठमाडौं,१५ पुस । बालकुमारी घटनामा ज्यान गुमाएका दुईजना युवकहरुको परिवारले उनीहरुलाई शहिद घोषणा गर्नुपर्ने माग गरेका छन् ।

शुक्रबार प्रदर्शनको क्रममा मृत्यु भएका युवकहरु वीरेन्द्र शाह र सुजन रावतलाई शहीद घोषणा गर्न माग गर्दै उनीहरुका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराएका हुन् ।

परिवारका एक–एक जनालाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग पनि अघि सारेका छन् ।

मृतकका परिवारले ११ बुँदे माग पत्र प्रधानमन्त्रीलाई बुझाउँदै उचित क्षतिपूर्तिको माग गरेका हुन् ।

प्रदर्शनमा घाइते भएकाहरूको उपचारको व्यवस्था गर्नुपर्ने, बेपत्ताहरूको खोजीनिती गरी उनीहरूको अवस्था सार्वजनिक गर्न पनि माग गरिएको छ ।

पीडित परिवारको तर्फबाट मृतकका सुजन रावतका मामा टेकबहादुर कटुवालले प्रधानमन्त्रीलाई सो माग पत्र बुझाएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);