काठमाडौं, ९ माघ । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले स्वान्सी सिटीसँग पराजय व्यहोरेको छ ।लिभरपुलले अंक तालिकाको पुछारमा रहेको स्वान्सीसँग गएराति भएको खेलमा १–० को पराजय व्यहोरेको हो ।
स्वान्सीलाई जित दिलाउने क्रममा खेलको ४० औं मिनेटमा अल्फी मवसनले गोल गरे । खेल आफ्नो नियन्त्रणमा राखेर पनि लिभरपुल नतिजा स्वान्सीलाई सुम्पिन वाध्य भएको हो ।स्वान्सीविरुद्धको खेल लिभरपुलका लागि तेस्रो स्थानको चेल्सीसँगको अंक बराबरी गर्ने मौका थियो । तर लिभरपुल पराजयपछि ४७ अंकमा रोकिएको छ । चेल्सीको ५० अंक छ ।