काठमाडौं,८ पुस । महोत्तरीको गौशला नगरपालिकाकी उप–प्रमुख रेणुकुमारी महतो सवार गाडी आगजनी भएको छ । महतो चढ्ने सरकारी गाडीमा अज्ञात समुहले आगो लगाएका हुन् ।
महतोको गौशला नगरपालिका १ रामनगरस्थित आफ्नै घरमा पार्किङ गरेर राखेको प्रदेश २–००२–००१ झ ०००५ नम्बरको गाडीमा आगजनी गरिएको प्रहरीले जनाएको छ । गाडीको पछाडीको टायरमा पेट्रोल छर्केर आगो लगाइएको देखिएको छ । आइतबार बिहानै करिब २ बजेतिर गाडीको पछिल्लो भागमा आगोले सामान्य क्षति पुुगेको छ ।
आगजनी कसले किन गरे भन्ने बार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उपप्रमुख महतो जनता समाजवादी पार्टीबाट गत वर्षको स्थानीय चुनावमा निर्वाचित भएकी हुन् ।