२८ ग्राम ३७० मिलिग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

२८ ग्राम ३७० मिलिग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

झापा,१ पुस । २८ ग्राम ३७० मिलिग्राम अवैध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।

पार्सल गर्न लागेको ज्याकेटमा दुलो बनाई ज्याकेटभित्र लुकाई राखेको अवैध लागूऔषध ब्राउन सुगर २८ ग्राम ३ सय ७० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मेचिनगर नगरपालिका–१२ कालीझोडा बस्ने ३० वर्षीय राजु बिश्वकर्मा र ईलामको ईलाम नगरपालिका–१ बस्ने २० वर्षीय दिपक दाहाल रहेका छन् ।

ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरीले टोलीले बिर्तामोड नगरपालिका–१ पश्चिम बसस्टपमा काठमाडौं ज्याकेट पार्सल गर्न आएका विश्वकर्मालाई जाँच गर्दा पार्सल गर्न ल्याएको ज्याकेटमा लुकाई ल्याएको अवस्थामा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध दिपकको हो भन्ने खुल्न आएपछि बिर्तामोड नगरपालिक–१ बाट दिपकलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply