न्यायालयमाथि आँच आउने समाचार सम्प्रेषण नगर्न प्रधानन्यायाधीशको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

न्यायालयमाथि आँच आउने समाचार सम्प्रेषण नगर्न प्रधानन्यायाधीशको आग्रह

Gopal-Parajuli

काठमाडौं, ७ माघ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले सञ्चार माध्यामहरुले न्यायालयमाथि आँच आउने गरी समाचार सम्प्रेषण गरिरहेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले न्यायालयमा भीडको आक्रमण र जुलुसको निर्देशनको कुनै गुञ्जायस नहुने बताए । उनले न्यायालय न्यायिक प्रक्रियाबाटै सञ्चालन हुने भएकाले सोही अनुसारको संवेदनशीलतालाई ध्यानमा राखेर समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमहरुलाई आग्रह गरे ।

प्रधानन्यायाधीश पराजुलीले नागरिकको सूचनाको हकलाई व्यवहारिक रुपमै प्रत्याभूति दिलाउने गरी समाचार सम्प्रेषण गर्नेतर्फ प्रेस काउन्सिल नेपालले ध्यान दिनुपर्ने समेत बताए ।