पराजुलीको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले न्याय परिषदको कार्यालय घेराउ | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८३, सोमबार

पराजुलीको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले न्याय परिषदको कार्यालय घेराउ

प्रधानन्यायाधीश गोपलप्रसाद पराजुलीको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले न्याय परिषदको कार्यालय घेराउ गरेका छन् ।

Gopal_Parajuli

काठमाडौं,२ फागुन । प्रधानन्यायाधीश गोपलप्रसाद पराजुलीको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले न्याय परिषदको कार्यालय घेराउ गरेका छन् । नागरिकता र शैक्षिक प्रमाणपत्रलाई लिएर विवादमा तानिएका प्रधानन्यायाधीश पराजुलीले तत्काल राजीनामा दिनुपर्ने माग गर्दै कानुन व्यवसायीहरुले आज पुल्चोकस्थित न्याय परिषदको कार्यालयमा एक घण्टा धर्ना दिएका हुन् ।

न्यायालयको गरिमा माथि नै आँच आउने भएकाले विवादमा तानिएका प्रधानन्यायाधीश पराजुलीले तत्काल राजीनामा दिनुपर्ने उनीहरुको माग छ । आज न्यायपरिषदले जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतको रिक्त न्यायाधीश सिफारिस गर्न बैठक बस्ने कार्यसूचि थियो । अधिवक्ता कपिलदेव ढकालले विवादमा तानिएका प्रधानन्यायाधीश पराजुलीले न्यायालयको गरिमा धान्न नसक्ने भन्दै उनको अध्यक्षतामा कुनै पनि निर्णय हुन नदिन विरोध प्रर्दशनमा उत्रनुपरेको बताए ।

प्रधानन्यायाधीश पराजुलीमाथि ४ पटक नागरिकता र फरक–फरक मिति उल्लेख गरिएको शैक्षिक प्रमाण पत्र रहेको आरोप लगाइएको छ । त्यसको यथार्थ विवरण सर्वोच्च अदालतको ‘फुल कोर्ट’ले नदिएसम्म प्रधानन्यायाधीश पराजुली अध्यक्ष रहेको न्यायापरिषदले कुनै पनि निर्णय गर्न नमिल्ने कानुन व्यवसायीहरुको माग छ ।