विश्व बैंकद्वारा ४४ अर्ब ८२ करोड अनुदान सहायता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विश्व बैंकद्वारा ४४ अर्ब ८२ करोड अनुदान सहायता

काठमाडौं, ७ माघ । विश्व बैंकले ४४ अर्ब ८२ करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

बैंकले व्यवसायिक शिक्षा तथा प्रशिक्षण परियोजना र भूकम्पपछिको पुनर्निर्माणका लागि ४४ अर्ब ८२ करोड आर्थिक सहायता उपलब्ध गराउने समझदारी गरेको हो । आईतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रमकाबीच अर्थसचिव शंकरप्रसाद अधिकारी र वैंकका राष्ट्रिय निर्देशक क्विमियो फानबीच सो अनुदान सहायता समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी अनुसार करिव ३१ अरव बजेट भूकम्पपछिको पुनर्निर्माणको कामका लगानी गरिने अर्थ मन्त्रालया सचिव अधिकारीले जानकारी दिए ।
विश्व बैंकले भूकम्पले क्षति पुर्‍याएका नुवाकोट, धादिङ र दोलखाका ९६ हजार आवास निर्माणमा लगानी गर्ने यस अघि नै समझदारी गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);