दार्चुला, मंसिर १० ||
दार्चुला बैतडि जोड्ने कर्कले स्तिथ चमेलिया नदि माथी को बेलिब्रिज मा ठुला सवारी साधन आवत जावत गर्न रोक लगाइएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका ३ कर्कले र बैतडीको बिलाशैनी गाउँपालिका ३ रुद्रेश्वर जोड्ने बेलब्रिजको दार्चुला पट्टिको पिल्लर भासिए पछि दुर्घटनाको जोखिम रहेको भन्दै ठुला सवारी साधन आवत जावतमा रोक लगाइएको हो । चमेलिया जलविद्युत आयोजनाले एक सुचना जारी गर्दै कर्कले पुलको पिल्लर मर्मत नभएसम्म का लागि कर्कले पुलबाट ठुला सवारी साधन आवत जावत मा रोक लगएको छ ।




