समाजभन्दा बाहिर गएर अभिव्यक्ति दिन नहुने अर्थमन्त्री महतको जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

समाजभन्दा बाहिर गएर अभिव्यक्ति दिन नहुने अर्थमन्त्री महतको जोड

काठमाडौं,५ मंसिर । नेपाली काँग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले मंसिर ७ गतेको आन्दोलनलाई सरकारले गम्भीर रुपमा हेरिरहेको बताउनुभएको छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले संविधानले जनताका हरेक अधिकारलाई सुनिश्चित गरेकाले समाजभन्दा बाहिर गएर अभिव्यक्ति दिन नहुनेमा जोड दिनुभयो । मंसिर ७ गते दुई पक्षको आन्दोलन भएकाले त्यसबाट आउने समस्याका बारेमा सरकार सचेत रहेको मन्त्री महतको भनाइ छ ।

अर्को एक प्रसंगमा मन्त्री महतले आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने जिकिर पनि गर्नुभयो । विदेशी पर्यटकहरुको कारण अर्थतन्त्र चलायमान बन्ने र आर्थिक गतिविधिहरु बिस्तारै बढ्दै जाने उहाँको भनाइ छ । अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेकाले मुलुकको आर्थिक अवस्थालाई लिएर चिन्तित हुन नपर्ने मन्त्री महतले बताउनुभयो ।

अर्थमन्त्री महतले अर्थतन्त्र थप चलायमान बनाउन विज्ञहरुसँग थप सुझाव सल्लाह लिएर अघि बढ्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);