वैशाख ९ र १० गते लगानी सम्मेलन,तयारीमा जुट्यो सरकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

वैशाख ९ र १० गते लगानी सम्मेलन,तयारीमा जुट्यो सरकार

काठमाडौं,१५ पुस । नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आफूले कार्यभार सम्हालेपछि अर्थतन्त्र सुधारोन्मुख बाटोमा रहेको दाबी गर्नुभएको छ । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा मुलुकको विद्यमान आर्थिक अवस्था र भावी दिशाबारे प्रतिवेदन पेस गर्दै मन्त्री महतले आफूले इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गरिरहेको दाबी गर्नुभयो ।

उहाँले आफूले कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा नरहेको बताउनुभयो । आर्थिक वृद्धि खुम्चिएर १ दशमलब ८६ प्रतिशत पुगेको अवस्थामा कार्यभार सम्हालेको उहाँको भनाइ थियो । मन्त्री महतले आफूले कार्यभार सम्हालेपछि राजस्व वृद्धि भएको र राजस्व परिचालनमा देखिएको शिथिलता सुधारोन्मुख भएर गएको दाबी गर्नुभयो । आगामी दिनमा यो थप सुध्रिएर जाने भन्दै उहाँले त्यसका लागि प्रष्ट योजना रहेको दाबी गर्नुभयो । मन्त्री महतले स्रोत व्यवस्थापनमा देखिएको दबाव न्यून हुँदै गइरहेको र बाह्य क्षेत्र सन्तुलन कायम रहेकाले यसबाट आगामी दिनमा मुलुकको अर्थतन्त्र गतिशील हुँदै जाने ठोकुवा गर्नुभयो ।

उहाँले बैठकमा आफ्नो आगामी कार्ययोजनासमेत प्रस्तुत गर्नुभयो । अल्पकालमा सरकार र निजी क्षेत्रबीच उच्च स्तरको समन्वय गरी हाल अर्थतन्त्रमा देखिएको सकारात्मक अवस्थालाई उत्पादन, उपभोग र लगानीमा प्रतिविम्बित गराउने मन्त्री महतको योजना छ । उहाँले सरकारको खर्चमा मितव्ययिता कायम गर्ने, भूकम्पबाट प्रभावितहरुलाई तत्काल राहत र पुनर्संरचनामा जोड दिने, युवाहरुका लागि स्वदेशमा नै रोजगारीका अवसरहरु सिर्जना गर्ने लगायत योजना सुनाउनुभयो । त्यस्तै, सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलनको घोषणा गरी त्यसको तयारी थालेको समेत मन्त्री महतले जानकारी गराउनुभयो । उहाँले उच्च, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने, सार्वजनिक वित्त सुधार गर्ने, मौद्रिक र वित्तीय क्षेत्रमा सुधार गर्ने लगायत कार्ययोजना समेत पेश गर्नुभएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);