असामाजिक प्रवृत्तिलाई कारबाही गर्न ढिलो नगर्ने मन्त्री महतको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

असामाजिक प्रवृत्तिलाई कारबाही गर्न ढिलो नगर्ने मन्त्री महतको चेतावनी

काठमाडौं,६ अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय बैंकबाट बचत फिर्ता गर, यो बैंक खत्तम हुँदैछ भन्ने हौवा फैलाएर बाहिरी संकट ल्याउने प्रयास भइरहेको टिप्पणी गर्नुभएको छ ।

शनिबार राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा अर्थमन्त्री महतले सरकारको तर्फबाट खबरदारी गर्दै हौवा फैलाएर वित्तीय संकट ल्याउने प्रयास भइरहेको टिप्पणी गर्नुभएको हो । उहाँले त्यस्तो प्रवृत्तिलाई कारबाही गर्न ढिलो नगर्ने स्पष्ट गर्नुभयो । समाजमा गलत सन्देश दिएर, भ्रम फैलाएर हाहाकारको अवस्था सिर्जना गरेर राजनीतिक उद्देश्य प्राप्ति हुन्छ भन्ने भ्रम नराख्न मन्त्री महतले सचेत गराउनु भयो । लघु वित्तलाई कसरी स्वस्थ्य बनाउने भन्ने विषय अहिले सबैको चासो रहेको मन्त्री महतले उल्लेख गर्नुभयो ।

पछिल्लो समय लघु वित्तमा देखिएको विचलन र समस्याबाट फाइदा उठाएर राजनीतिक उद्देश्य पूर्ति गर्ने प्रयास भइरहेको भन्दै उहाँले यो एकदमै खतरनाक प्रवृत्ति भएको टिप्पणी गर्नुभयो । लघु वित्तलाई नाफा कमाउने औजारको रुपमा उपयोग गर्नु नहुने मन्त्री महतको भनाइ छ । लघु वित्तलाई विपन्न नागरिक र महिलाको सशक्तिकरण र उत्थान गर्ने माध्यमको रुपमा अगाडि बढाउनुपनेमा उहाँले जोड दिनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);