काठमाडौं,२४ कात्तिक । आज अर्थ समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ ।
आजको समितिको बैठकमा मुलुकको विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा सम्बन्धमा अर्थमन्त्री र सचिव (अर्थ र राजश्व) सँग छलफल हुनेछ ।
समितिमा आन्तरिक छलफल हुने र १६ औं पञ्चवर्षिय योजना सम्बन्धमका साथै मौद्रिक नीति र नयाँ स्टक एक्सचेञ्ज सम्बन्धमा छलफल हुनेछ ।




