काठमाडौं, २९ जेठ । आज अर्थ समितिको बैठक बस्दैछ । बैठक आज बिहान १० बजेबाट सिंहदरबारमा शुरु हुनेछ । आजको बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । त्यसैगरी,आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठक आज ३ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।
आजको बैठकमा एकीकृत निर्वाचन कानून तर्जुमा सम्बन्धमा, जिल्ल निर्वाचन कार्यालय खारेजीको सम्बन्धमा आयोगको धारणाका विषयमा र निर्वाचन प्रणालीमा गर्नुपर्ने सुधारको विषयमा छलफल हुनेछ ।




