२०२३ मा ५.५ प्रतिशतको आर्थिक वृद्धि हुने केन्याको प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

२०२३ मा ५.५ प्रतिशतको आर्थिक वृद्धि हुने केन्याको प्रक्षेपण

kenya school bhagdwad

काठमाडौं, २२ कात्तिक । केन्याले २०२३ मा ५.५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । केन्याको अर्थतन्त्र २०२३ मा ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको हो । जुन २०२२ मा रेकर्ड गरिएको ४.८ प्रतिशत रहेको छ ।

केन्याको केन्द्रिय बैंकका डेपुटी गभर्नर सुसान कोचले केन्याको राजधानी नैरोबीमा भएको एक फोरममा कृषि र सेवा क्षेत्रको पुनरुत्थानका साथै उत्पादन क्षेत्रलाई उत्प्रेरित गर्न लागू गरिएका सरकारी उपायहरूबाट वृद्धि हुने बताउनु भयो ।

एनसीबीए बैंक २०२४ म्याक्रो इकोनोमिक आउटलुक फोरमले केन्याको आर्थिक बृद्धि बढाउने उपायहरूको समीक्षा गर्न वरिष्ठ सरकारी अधिकारीहरू, बैंक अधिकारीहरूको बैठक बसेको थियो । कोचले पूर्वी अफ्रिकी राष्ट्रको अर्थतन्त्र २०२४ मा ६ प्रतिशतले बिस्तार हुने प्रक्षेपण गरिएको बताउनु भयो ।

उहाँले केन्याको आर्थिक प्रदर्शन पनि ताजा फूल, चिया र कफी जस्ता कृषि उत्पादनहरूमा हावी रहेको निर्यातमा आधारित रहेको बताउनु भयो । कोचका अनुसार, केन्याको निर्यातको करिव ४० प्रतिशत अफ्रिकी महाद्वीपले उपभोग गरेको छ जुन हाल अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार क्षेत्र कार्यान्वयन गरिरहेको छ । देशको निर्यात क्षेत्र सक्रिय रहनेछ । उहाँले साना तथा मझौला उद्यमको बाहुल्य रहेको निजी क्षेत्र पनि आर्थिक वृद्धिमा महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);