भुकम्पमा परेर ९१ विद्यालय पुर्णरुपमा ध्वस्त | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

भुकम्पमा परेर ९१ विद्यालय पुर्णरुपमा ध्वस्त

काठमाडौं, २० कात्तिक । जाजरकोटको बारकोट–१ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले २१३ वटा विद्यालयमा क्षति पुगेको छ ।

जसमध्ये ९१ वटा विद्यालयका भवनहरु पुर्णरुपमा ध्वस्त भएका छन् । १२२ वटा विद्यालय भवनमा आंशिक रुपमा क्षति पुगेको छ ।

३६६ वटा कक्षाकोठाहरु पुर्णरुपमा ध्वस्त भएका छन् भने ४७६ वटा कक्षा कोठाहरुमा आंशिक क्षति पुुगेको छ ।

पछिल्लो समय प्राप्त भएको विवरणअनुसार ४३ वटा शौचालय, ११ वटा आईसिटी, १ पुस्तकालय, ७ वटा स्थानमा घेरबारहरु र ४ वटा सोलार सिस्टमहरु पुर्णरुपमा ध्वस्त भएका छन् ।

भुकम्पमा परेर ३१ जना विद्यार्थी, ३ शिक्षकको मृत्यु भएको छ । यो विवरण संकलन हुने क्रम जारी रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);