प्रदेशको राजधानी माग्दै भइरहेका आन्दोलनले राष्ट्रियसभाको निर्वाचन प्रभावित हुन सक्छ : निर्वाचन आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, ५ माघ । प्रदेशको राजधानी माग्दै भइरहेका आन्दोलनले राष्ट्रियसभाको निर्वाचन प्रभावित हुन सक्ने भन्दै निर्वाचन आयोगले चिन्ता प्रकट गरेको छ ।

शुक्रबार काठमाडौंमा प्रदेशसभाका समानुपातिक सांसदहरुलाई प्रमाण पत्र प्रदान गर्न आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रियसभा निर्वाचनबारे यस्तो चिन्ता प्रकट गरेका हुन् । दाङ, डोटीलगायतका क्षेत्रमा राष्ट्रिय सभा निर्वाचन प्रभावित हुनेगरी विरोध प्रर्दशन भईरहेकाले त्यस्ता ठाउँमा तत्काल शान्ति, सुरक्षाको प्रत्याभूति गराउन उनले सरकारसँग आग्रह पनि गरे ।

यसैबीच निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई चुनाव चिह्न पनि प्रदान गरेको छ । आयोगले अधिकांश दललाई पुरानै चुनाव चिन्ह दिएको छ । यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा २ हजार ५६ जना मतदाताले भाग लिनेछन् ।

संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठजना संख्यामा सदस्यको छनोट हुनेछ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्य मतदाता हुने व्यवस्था रहेको छ । कूल ५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिशमा तीनजना सदस्यको राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);