२५ बैशाख, काठमाडौं । ललितपुरमा मनाइने रातो मच्छिन्द्र नाथको जात्रा अन्तर्गत सोमवार रथको टुप्पोबाट नरिवल खसालिएको छ ।
सोमवार अपरान्ह साइत पारेर रथको टुप्पोबाट नरिवल खसालिएको हो । जसलाई स्थानीय भाषामा नइकलं लुइगु भनिने गरिन्छ । रथको टुप्पोबाट खसालिएको नरिवल जसले हात पार्न सक्यो उसको मनोकामना पुरा हुने बिश्वास रहेको छ । नरिवल हात पार्नका लागि उल्लेख्य रुपपमा सर्बसाधारणको उपस्थिति रहेको थियो । रातो मच्छिन्द्रनाथको जात्रालाई उपत्यकाकै सबै भन्दा लामो समयावधिसम्म चल्ने जात्राका रुपमा लिइन्छ ।मच्छिन्द्र नाथको भोटो देखाएपछि उक्त जात्रा समाप्त हुने परम्परा रही आएको छ ।