फ्रान्स नवनिर्वाचित राष्ट्रपति म्याक्रोनः पार्टी खोलेको वर्ष दिन, उमेर ३९ वर्ष | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

फ्रान्स नवनिर्वाचित राष्ट्रपति म्याक्रोनः पार्टी खोलेको वर्ष दिन, उमेर ३९ वर्ष

फ्रान्सको राष्ट्रपतिमा मध्यमार्गी नेता इम्यानुएल म्याक्रोन निर्वाचित, ३९ वर्षका म्याक्रोन फ्रान्सको राजनीतिक इतिहासमा सबैभन्दा कम उमेरका राष्ट्रपति बन्न सफल

फ्रान्स नवनिर्वाचित राष्ट्रपति म्याक्रोनः पार्टी खोलेको वर्ष दिन

काठमाडौं । फ्रान्सको राष्ट्रपतिमा मध्यमार्गी नेता इम्यानुएल म्याक्रोन निर्वाचित हुनुभएको छ । आइबार भएको दोस्रो चरणको चुनावमा म्याक्रोनले दक्षिण पन्थी उम्मेद्वार मरिन लि पेनलाई हराएर राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

म्याक्रोन ६६ दशमलव ०६ प्रतिशत मत ल्याएर विजयी हुनुभएको बिबिसीले जनाएको छ । दक्षिण पन्थी नेतृ लि पेनले ३३ दशमलव ९४ प्रतिशत मत ल्याउनु भएको छ ।

३९ वर्षका म्याक्रोन फ्रान्सको इतिहासमा कम उमेरमा राष्ट्रपति बन्नु भएको छ । यस्तै फ्रान्समा सन् १९५८ मा आधुनिक प्रजातान्त्रिक व्यवस्था सुरुभएयता परम्परागत रुपमा रहँदै आएका दुई ठूला पार्टी भन्दा बाहिरबाट राष्ट्रपति बन्ने म्याक्रोन पहिलो व्यक्ति बन्नुभएको छ ।

राष्ट्रपतिमा निर्वाचित हुनुभएका म्याक्रोनले फ्रान्सको इतिहासमा नयाँ समय सुरु भएको बताउनुभयो । अबको समय विश्वास र आशाको समय बनाउन चाहेको उहाँले बताउनुभएको छ ।

९३ प्रतिशत भन्दा बढी मतगणना भइसक्दा म्याक्रोनले एक करोड ९३ लाख तथा लि पेनले एक करोड चार लाख मत पाउनु भएको फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

चुनावी अभियानका क्रममा उम्मेद्वारले अर्काकामाथि आरोप प्रत्यारोप गरेका थिए । यसले देश राजनीतिक रुपमा विभाजित अवस्थामा पुगेको छ ।

म्याक्रोन र पेन गएको अप्रिल २३ मा भएको पहिलो चरणको चुनावमा अरु प्रतिस्पर्धीलाई पछि पार्दै दोस्रो चरणमा पुग्नु भएको थियो ।

पहिलो चरणको चुनावमा ११ जना प्रत्यासी थिए । मध्यमार्गी म्याक्रोनले व्यावसायिक विस्तार तथा युरोपियन युनियनको सर्मथक रहनु भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);