जनकपुरमा मैथिली नाटक घरको निर्माण कार्य शुरु | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

जनकपुरमा मैथिली नाटक घरको निर्माण कार्य शुरु

बटुकनाथ झा, २९ बैसाख,जनकपुरधाम ।
जनकपुरमा मैथिली नाटक घरको निर्माण कार्य शुरु भएको छ । मिथिला नाटय कला परिषदद्वारा निर्माण भइरहेको सो भवनको शिलान्यास आज एक समारोह बीच मैथिलीका वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, मिनापका

जनकपुरमा मैथिली नाटक घरको निर्माण कार्य शुरु

बटुकनाथ झा, २९ बैसाख,जनकपुरधाम ।

जनकपुरमा मैथिली नाटक घरको निर्माण कार्य शुरु भएको छ । मिथिला नाटय कला परिषदद्वारा निर्माण भइरहेको सो भवनको शिलान्यास आज एक समारोह बीच मैथिलीका वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, मिनापका वर्तमान अध्यक्ष परमेश झा पूर्व अध्यक्षहरु सुनिल मिश्र, सुनिल मल्लिक मदन ठाकुर, निर्माण व्यवसायी हिरा गुप्ताले संयुक्त रुपमा गर्नु भएको छ । अढाइ कट्ठा जग्गामा निर्माण शुरु भएको सो नाटकघरका लागि नेपाल सरकाले २५ लाख, गृहमन्त्री विमलेन्द्र निधिले संसदीय कोषवाट ५ लाख दिएका छन भने अन्य सहयोग स्थानीय वासीवाट उठाइने छ ।

 

एक करोडको लागतमा निर्माण गरिने सो नाटकघरमा प्रत्येक दिन मैथिली नाटक गरिने मिनापको योजना रहेको छ । शिलान्यास समारोहमा नेपाली कांग्रेस धनुषाका सभापति रामसरेज यादव, मैथिलीका वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, मैथिली विकास कोषका संयोजक जीवनाथ चौधरी, साहित्यकार अयोध्यानाथ चौधरी लगायतले बोल्नु भएको थियो । २०३६ सालमा स्थापित मिनाप मैथिली रंगकर्मीहरु अग्रणी संस्था रहेको छ ।

Leave a Reply