कञ्चनपुरको बेलौरीमा लागुऔषध बिरुद्धको महाअभियान शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कञ्चनपुरको बेलौरीमा लागुऔषध बिरुद्धको महाअभियान शुरु

पुष्कर भट्ट ||
कञ्चनपुर, असोज २६ ||
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा लागु औषध बिरुद्धको महाअभियान शुरु भएको छ । शुक्रबारदेखि बेलौरी नगरपालिकामा लागु औषध बिरुद्धको महाअभियान शुरु भएको हो ।

भारतसग सीमा जोडिएको बेलौरीमा पछिल्ला बर्षहरुमा लागु औषध ओसारपसार, कारोबार एव सेवनका घटना बढ्दै गएपछी बेलौरी स्थानीय सरकारले लागुऔषध बिरुद्धको अभियान शुरु गरेको छ । लागुऔषध बिरुद्धको महाअभियान उद्घाटन कार्यक्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले समाजमा विकराल रुपमा देखिएको लागु औषध नियन्त्रणका लागि अभियान थालिएको बताउनु भयो । मेयर चौधरीले भारतसंग प्रत्यक्ष सीमा जोडिएको बेलौरीमा लागु औषधका कुनैपनि कारोबार सेवन एवं ओसारपसार नियन्त्रणका लागि अभियान थालिएको बताउनुभयो । प्रमुख चौधरीले लागु औषध नियन्त्रणका लागि पालिकासंगै प्रदेश र संघीय सरकारले समेत सहयोग गर्नुपर्ने बताउनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले लागुऔषध नियन्त्रणका लागि स्थानीय स्तरमा बेलौरी जस्तै अन्य पालिकाहरुले समेत अभियान संचालनमा जोडदिनु भएको छ । सभामुख भण्डारीले पछिल्ला बर्षहरुमा सुदूरपश्चिम नै लागुऔषधका कारण समाज ध्वस्त भईरहेका बेला समयमै निदान नियन्त्रणका लागि सरोकारवाला निकाय जिम्मेबार रहेको बताउनु भयो । सभामुख भण्डारीले कुनै लागुऔषधका सेवनकर्ता वा व्यक्ति पक्राउ परे राजनीतिक दलबाटै छुटाउने काम भएकाले यस्तो नगर्न आग्रहसमेत गर्नु भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका आन्तरिक तथा कानुनमन्त्री शिवराज भट्टले लागुऔषध नियन्त्रणका लागि सुरक्षा निकायले थालेको काम कार्बाहीमासमेत सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिनु भएको छ । मन्त्री भट्टले प्रदेश सरकारलेसमेत लागुऔषध नियन्त्रणका लागि सरोकारवालासंग समन्वय गरेर अघि बढ्ने बताउनु भयो । सुदूरपश्चिम प्रदेशका समाजिक विकासमन्त्री झपटबहादुर साउदले लागुऔषध जरैदेखि निर्मुल पार्नका लागि प्रदेश सरकारले समेत पालिकासंग सहकार्य र समन्वय गर्ने बताउनु भयो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्यत्रय ओम विक्रम भाट(सरल), दिवान सिंह विष्टले समेत लागु औषध नियन्त्रणका लागि बेलौरी पालिका सरकारले थालेको अभियान सरायिन भएको प्रसंसा गर्दै अभियानमा साथ सर्मथन जनाएका छन । सुदूपश्चिम प्रदेश प्रहरीका प्रमुख प्रहरी नायब महानिरीक्षक(डिआईजी) भरत बोहराले पछिल्ला दिनहरुमा सुदूरपश्चिममा लागुऔषध भयाभह अवस्थामा रहेको औँल्याउनु भयो । उहाँले लागुऔषध नियन्त्रणका लागि प्रहरीले पालिका सरकार सहितका सरोकारवालासंगको सहकार्यमा कार्यक्रम गरेर नियन्त्रण गरिरहेको बताउनु भयो ।

कार्यक्रममा लागू औषध दुर्वेशनीको अवस्था र पछिल्ला तथ्यांकको बारेमा कञ्चनपुर प्रहरी प्रमुख एस.पि. कमल थापाले प्रस्तुतिकण गर्नु भएको थियो । उहाँले प्रदेश भरीमा ४ सय ७० सचेतनामुलक कार्यक्रम गरेको बताउदै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मात्रै लागू औषध नियन्त्रणका सवालमा चालू आर्थिक बर्षमा मात्र ५४ वटा कार्यक्रम गरेको बताउनु भयो ।

बेलौरी नगरपालिका भरिएका सामुदायिक तथा सस्थागत विद्यालयका विद्यार्थी, अभिभावक, भलमन्सा, स्थानीय विभिन्न संघ संस्थाहरुले बजारमा जनचेतनामुलक ¥याली निकालेका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);