लागु औषध ओसारपसार नेपालमा पनि टाउको दुखाइको विषय | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

लागु औषध ओसारपसार नेपालमा पनि टाउको दुखाइको विषय

lagu aausadh

काठमाडौं, १२ असार । विश्वव्यापी समस्याको रुपमा रहेको लागु औषध ओसारपसार नेपालमा पनि टाउको दुखाइको विषय बनेको छ ।

लागुऔषध तथा मदिराजन्य पदार्थको सेवनका कारण अपराधिक क्रियाकलाप बढेको गृहमन्त्रालयको दाबी छ । केन्द्रीय तथ्याङ्क विभागले १२ बर्ष अगाडीको सर्वेक्षण अनुसार नेपालमा कडा खाले लागू औषधको प्रयोगकर्ताको संख्या करिव ४७ हजार रहेको थियो । अहिले त्यो संख्या बढेर १ लाख ५६ हजार पुगेको छ । लागूऔषधको प्रयोगबाट मानसिक र शारीरिक स्वास्थ्यमा असर पर्ने तथा अपराधसमेत बढ्ने गृहमन्त्री रामबहादुर थापाको भनाइ छ । उनले मुलुकभित्र लागूऔषध सेवन गर्नेको संख्या दिनहुँ बढ्नु चिन्ताजनक भएको भन्दै सेवन गर्ने क्रम रोक्न जनचेतना फैलाउनुपर्नेमा जोड दिए ।

नेपालमा कुल जनसंख्याको शुन्य दशमलव ५५ प्रतिशत दुव्र्यशनीको शिकार भएका छन् । सबैभन्दा बढी काठमाडौं उपत्यका र त्यसपछि पोखरा र झापामा रहेको छन् । त्यस्तै विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, धरान, धनकुटालगायतका शहरमा पनि लागुऔषध प्रयोगकर्ता र बेचबिखन बढ्दै गएको छ । लागु औषधको उत्पादन विक्री बितरण र सेवनलाई नियन्त्रण गर्न आवश्यक रणनिती, ऐन र निर्देशिका आवश्यक रहेको छ ।

नेपाल प्रहरीका अनुसार अनुुसन्धानका मुद्धामध्ये लागु औषध दव्र्यसन र कारोवार सम्बन्धी मुद्धाले कुल मुद्धाको सात प्रतिशत हिस्सा ओगटेको छ । सर्वसाधारण भने पारिवारिक समस्या, गलत संगत, असफलता लगायतका कारण लागुऔषधको सेवन तथा कारोबारमा संलग्न हुनेको संख्या बढ्दै गएको बताउँछन् ।

लागू औषधको ओसारपसार नियन्त्रण गर्नका लागि विभिन्न निकाय क्रियाशिल रहेपनि अन्तर्राष्ट्रिय रुपमा संगठित र सक्रिय गिरोहका कारण यसको ओसारपसार र नियन्त्रण चुनौती बनेको छ । नेपाल–भारतबीचतको खुला सिमाना र फितलो सुरक्षा व्यवस्थाका कारण नेपाल लागू औषध ओसारपसारको ट्रान्जिट प्वाइन्ट बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);