लागू औषधविरुद्धको सप्ताहव्यापी अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

लागू औषधविरुद्धको सप्ताहव्यापी अभियान सुरु

laguausadha

काठमाडौं, ६ असार । सरकारले लागू औंषध दुरुपयोग एवम् ओसारपसारविरुद्ध सप्ताहव्यापी अभियान शुभारम्भ गरेको छ । लागू औषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर सरकारले लागू औषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको सप्ताहव्यापी अभियान बुधबारबाट सुशारम्भ गरेको हो ।

गृह मन्त्रालयमा एक कार्यक्रमका बीच अभियानको शुभारम्भ गर्दै गृहसचिव प्रेमकुमार राईले लागू औषधलाई निषेध गर्ने नीति अनुसार सरकारले सो अभियान संचालन गरेको स्पष्ट पारे ।

उनले लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अभियानमा साथ दिन पनि सबैलाई आह्वान गर्नु भयो । सरकारले मुलुकको समृद्धिको बाधकको रुपमा रहेको निष्कर्ष निकाल्दै लागू औषध विरुद्धको अभियानलाई संचालन गर्न नीति तथा कार्यक्रम र बजेटमा पनि विशेष व्यवस्था गरेको छ ।

गृह सचिव राईले लागू औषधलाई निषेध र मदिरालाई नियन्त्रण गर्दैै लैजाने सरकारको नीति रहेको बताए । उनले लागू औषध ओसारपसार गर्नेमाथि कडा कार्वाही हुने चेतावनी दिए ।

गृह सचिव राईले सरकारले सुशासन र विकासको नारालाई सार्थक तुल्याउन पनि लागू औषधबाट हुने गैरकानुनी आर्थिक क्रियाकलापलाई निष्तेज पार्ने अभियानलाई निरन्तरता दिएको  बताए । यस वर्ष सरकारले स्वस्थ्य, सवल र समृद्ध नेपाल निर्माणका लागि लागू औषध विरुद्धको अभियानमा सहभागी हुनुपर्ने नारा समेत तय गरेको छ ।

यही असार १२ गते लागू औषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस विश्वभर मनाईदैछ । यसै अवसरमा सरकारले पनि सचेतना अभियानसहित लागू औंषध नियन्त्रणसम्बन्धि सप्ताहव्यापी कार्यक्रमको सुभारम्भ गरेको हो । नेपालमा हाल १ लाख ५० हजार भन्दाबढि लागू औषध प्रयोगकर्ताहरु रहेको अनुमान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);