काठमाडौं, ४ माघ । नेपाल विश्व हिन्दु महासंघले शंकराचार्य छनौटमा पर्न सफल बिदुषीमाता हेमानन्द गिरीलाई सम्मान गरेको छ ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा महासंघले उहाँलाई सम्मान गरेको छ । कार्यक्रमा सहभागी ब्यक्तित्वहरुले गिरीको छनौटले हिन्दु धर्मलाइ विश्वमा चिनाउन सहयोग पुगेको बताएका थिए ।
उनीहरुले पछिल्लो समय नेपालमा आर्थिक प्रलोभन देखाएर धर्म परिवर्तन गराउने काम भैरहेको भन्दै सचेत हुन सरकारलाई आग्रह गरेका थिए ।