‘एफक्यान एक्सीलेन्स अवार्ड-२०७६’ को सम्पूर्ण तयारी पुरा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

‘एफक्यान एक्सीलेन्स अवार्ड-२०७६’ को सम्पूर्ण तयारी पुरा

काठमाडाैं, १८ मंसिर । नेपाल निर्माण व्यवसायी महासंघले ‘एफक्यान एक्सीलेन्स अवार्ड–२०७६’ को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

महासंघले १२ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा मंसिर २० गते उक्त अवार्ड वितरण गर्ने तयारी गरेको हो । निर्माण व्यवसायीहरुको पेशागत क्षमताको अभिवृद्धि तथा वृद्धि विकासका लागि निर्माण क्षेत्रमा उल्लेख्य योगदान पु-याउने व्यक्ति संस्था वा कम्पनीलाई २०६५ सालदेखि पुरस्कार तथा सम्मान गर्दै आएको छ ।

महासंघले बुधबार गरेको पत्रकार सम्मेलनमा महासचिव रोशन दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहकार्य र रिद्धी सिद्धी सिमेन्टको मुख्य प्रायोजनमा अवार्ड वितरण गर्न लागिएको बताउनुभयो । उहाँले अवार्ड वितरण सम्बन्धी सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो ।

महासंघले विभिन्न ३६ विधामा पुरस्कार तथा सम्मान वितरण गर्न लागेको हो । महासचिव दाहालले उत्कृष्ट निर्माण कम्पनी राष्ट्रिय सम्मानमा १२ वटा कम्पनी र प्रदेश महासंघको सिफारिसमा ७ वटा ‘घ’ वर्गका कम्पनी, विदेशमा निर्माण कार्य गर्ने उत्कृष्ट नेपाली कम्पनी सम्मान अन्तर्गत १ कम्पनी, हिमाल, पहाड, तराई निर्माण व्यवसायी संघ अन्तर्गत ३ कम्पनी, प्रदेश निर्माण व्यवसायी महासंघबाट १, लगायतका विभिन्न विधामा पुरस्कार तथा सम्मान गर्न लागिएको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);