बुटवलमा पृथ्वीजयन्ती मनाईयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बुटवलमा पृथ्वीजयन्ती मनाईयो

सत्य नारायण मानन्धर
बुटवल । नेपालको ईतिहासमा राष्ट्रनिर्माता भनेर चिनिने पृथ्वीनारायण शाहको ३०१औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस बुटवलमा भव्यताका साथ मनाइएको छ ।

विश्वहिन्दु महासंघ रुपन्देहीद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ सँस्कृतिविद् तथा पूर्व उपकुलपति डा.जगमान गुरुङ्गले हिन्दुत्वको रक्षा, राष्ट्रिय एकता र सद्भाव आजको आवश्यक्ता रहेको बताएका छन् ।

बाईसे चौबिसे राज्यका नाममा टुक्रा टुक्रा भएको नेपालको एकिकरण गर्ने, भ्रष्टाचार गर्नेलाई दण्डित गर्ने, नेपाललाई ४ जात ३६ बर्णको साझा फुलवारी बनाउने र सामाजिक विभेदकाृ अन्त्य गरि सार्वभौम राष्ट्रको स्थापना गर्ने ब्यक्तित्व पृथ्वीनारायण शाहको उचित सम्मान आवश्यक रहेको डा. गुरुङ्गले बताए । हिन्दुत्व भनेको आदर, सम्मान, नैतिक, चरित्र, सद्भाव र बिश्वासको सकारात्मक प्रयोग गर्ने सर्वोत्तम संस्कृति भएको चर्चा गर्दै वरिष्ठ संस्कृतिविद डा. गुरुङ्गले आधुनिक नेपालका निर्माता भनेर समेत पहिचान बनाएका पृथ्वीनारायणले राष्ट्रिय एकता र जातिय सद्भावलाई अतिनै महत्वका साथ सिरोपर गरेर अघि बढेको स्मरण गरेका थिए ।

हिन्दु धर्मका नाममा लगाइने विभिन्न आरोपहरु निराधार रहेको बताउदै संस्कृतविद् डा. गुरुङ्गले इतिहासका सबै पाना पल्टाएर हेर्दा कुनै ठाउमा हिन्दुले अन्य समुदायलाई अनादर गरेको नपाइएको दावी गरेका छन् । कार्यक्रममा पूर्व सांसद शकंर पाण्डे, विश्वहिन्दु महासंघका लुम्बिनी प्रदेश अध्यक्ष वरिष्ठ अधिबक्ता बेनबहादुर पौडेल क्षेत्री, नेपाल जेसिसका पुर्व अध्यक्ष अनुपमान सैंजु, रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाका अध्यक्ष मुक्तिराम पोखरेल, आयोजक संस्थाका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठ, कार्यालय सचिव उर्मिला श्रेष्ठ लगाएतले राष्ट्रनिर्माता श्री ५ पृथ्वी नारायण शाहको नेपाल एकीकरणको योगदानको उच्च कदर गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोमा कार्यक्रममा सहभागिहरुले स्वागत गरेका छन् । सरकारको उक्त निर्णय निकै सान्दर्भिक र स्वागत योग्य रहेको भन्दै वरिष्ठ अधिवक्ता बेनबहादुृर पौडेलले सबैतिरबाट हिन्दु धर्ममाथि प्रहार भैरहेको समयमा यस्तो निर्णयले केहि हदसम्म भएपनि हिन्दुत्व प्रति सम्मान गरेको बताएका थिए ।

कार्यक्रममा समाजसेवा मार्फत हिन्दुत्व रक्षाका लागि योगदान पुराएका रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाका अध्यक्ष मुक्तिराम पोखरेल लगाएत बिभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);