सरकारको नीतिका कारण व्यवसायी आतंकित भएको सांसदको आरोप | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

सरकारको नीतिका कारण व्यवसायी आतंकित भएको सांसदको आरोप

shyam ghimire

काठमाडौं, २२ असोज । नेपाली काँग्रेसका सांसद श्याम घिमिरेले सरकारको नीतिका कारण व्यवसायीमा आतंक सिर्जना भएको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद घिमिरेले सरकारले सेवा क्षेत्रको सम्भावनाहरुमा डर, त्रास देखाएको बताउनुभएको हो । उहाँले सेवा क्षेत्रमा सरकारले ढुलमुले नीति र निषेधको निति अवलम्वन गरेका कारण व्यवसायीहरुमा आतंक सिर्जना भएको बताउनु भयो । उहाँले निजी र सरकारी क्षेत्रको बिचमा पर्खाल खडा गरेर नीजि क्षेत्रलाई निषेध गर्ने कोशिस गरिएको बताउनु भयो । उहाँले हरेक ठाउँमा सरकारी सिन्डिकेट लागू गरिएको बताउनु भयो । उहाँले सरकारी नीतिले निजी क्षेत्रलाई खेद्ने काम गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपालको समाजवादी संविधानले सेवा क्षेत्रको सबै सम्भावनाहरुमा डर, त्रास, ढुलमुले नीति र निषेधको निति अवलम्वन गर्दै आएको छ । जस्तो नेपालको सरकारले मनशाय पत्र दिएर सम्बन्धन स्वीकृति नदिएका प्रस्तावित मेडिकल कलेजको संख्या १४, इन्जिनियरिङको संख्या ४५, स्वास्थ्य, शिक्षातर्फ ५०, कृषि, वन र भेटनरीतर्फ ७० वटा कलेजहरु छन् । ६७ वटा चलिरहेका नर्सिङ कलेजहरु ३ वर्षदेखि बन्द गरिएका छन् । यसबाट राज्यले रोजगारीको अवसर, राजश्व र सेवा क्षेत्रमा कति नोक्सानी व्यहोरेको छ, यसको चिन्ता सरकारलाई भएको देखिँदैन । भएका नीजि विद्यालयहरु कहिले बन्द गर्नेजस्ता बहसहरु सरकारीस्तरबाट चलाएर थप लगानीलाई निरुत्साहित गर्ने, व्यवसायीलाई आतंक सिर्जना गर्ने काम गरिन्छ । निजी क्षेत्र र सरकारी क्षेत्रको बीचमा यति ठूलो पर्खाल खडा गरिएको छ कि निजी क्षेत्रलाई सम्भव भएसम्म निषेध गर्ने कोशिस गरिएको छ । हरेक ठाउँमा सरकारी सिन्डिकेट लागू गरिएको छ । विद्यार्थीको शुल्कमा, चिकित्सकको दस्तुरमा हरेक ठाउँको सिन्डिकेटले व्यवसायको गुणस्तरीय प्रतिष्पर्धालाई निषेध गरिएको छ । यसबाट पढ्नका लागि विद्यार्थी एवं काम गर्नका लागि सबै मानिस विदेसिन बाध्य छन् । धमाधम प्रश्तुत हुन थालेका विधेयकहरु, जस्तोः शिक्षा विधेयक, विद्युत विधेयक जस्ता विधेयकहरुमा पनि यसको प्रतिछायाँ देखिन थालेको छ । यसले क्रमशः निजी क्षेत्रलाई निरुत्साहित मात्रै होइन, यहाँबाट खेद्ने काम गर्ने निश्चित छ ।’

उहाँले देशको आर्थिक विकासका लागि नीजि क्षेत्र प्रवेश गर्न नचाहाने स्थानमा मात्र सरकारी क्षेत्रलाई प्रवेश गराउनुपर्ने बताउनु भयो । उहाँले कुशासन र भ्रष्टाचारको समुल नष्ट गर्नुपर्ने पनि बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);