परराष्ट्रमन्त्री साउदले इजारायली राजदूतसँग गरे छलफल | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

परराष्ट्रमन्त्री साउदले इजारायली राजदूतसँग गरे छलफल

काठमाडौं, २१ असोज । यसैबीच परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गर्नुभएको छ ।  राजदूत गोडरसँग मन्त्रालयमा आइतबार छलफल भएको हो । उहाँहरुबीच इजरायलमा हमासले गरेको आक्रमण पछिको अवस्थाबारे कुराकानी भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ ।

परराष्ट्र मन्त्री साउदले इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्दारबारे राजदूतसँग कुराकानी गर्नुभएको हो । राजदूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले इजरायलको कठीन समयमा नेपालले व्यक्त गरेको सहानुभूतिप्रति सरकारलाई धन्यवादसमेत दिनुभयो । नेपाल सरकारले इजरायलमा भएको आतंकवादी हमलाको भत्र्सना गरेको छ । नेपाललले इजरायलका जनता र सरकारका साथै यस निर्मम हमलाका पीडित र उनीहरूका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ । उक्त हमलामा नौ जना नेपाली घाइते भएको र दुईजनाको अवस्था गम्भीर रहेको सरकारले जनाएको छ ।

सरकारले स्थितिलाई ध्यानमा राख्दै इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सतर्क रहन र सुरक्षाका उपाय पालना गर्न विज्ञप्ती मार्फत अनुरोध गरेको छ । प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट इजरायली भूमिमा रकेट आक्रमण गरेपछि त्यहाँ युद्ध चर्किएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);