फिल्म 'ह्याप्पी डेज', तेस्रोपटक रिलिज तय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

फिल्म ‘ह्याप्पी डेज’, तेस्रोपटक रिलिज तय

happy

काठमाडौं, ३ माघ ।  धेरै फिल्म निर्माण युनिटले फिल्म घोषणासँगै रिलिज मिति तय गरेपनि प्रायको टार्गेट मिट गर्दैन। कहिले फिल्मभित्रको प्रविधिक वा अन्य कारक बन्छन् । कति निर्माताले त एकपटक मात्र नभएर दुई, तीन पटकसम्म पनि प्रदर्शन मिति फेर्छन्।

त्यस्तै फिल्मको सूचीमा परेको छ फिल्म ‘ह्याप्पी डेज’। निर्माण युनिटले तेस्रोपटक रिलिज तय गरेको छ। ह्याप्पी डेजको प्रदर्शन मिति मङ्सिर १५ बाट माघ ११ लाई सरेको हो। तर माघ ११ मा बलिउडका दुई ठूला फिल्म ‘पद्मावत’ र ‘प्याडम्यान’ प्रदर्शन हुने भएपछि फिल्म पुन: एकपटक पर सरेको छ। अब फिल्म चैतको १६ गते सार्वजनिक हुने निर्देशक मिलन चाम्सले जानकारी दिएका छन्।

बिपी खनालको प्रस्तुति, भवानी शर्मा, हीराल जोशी र चाम्सको निर्माण रहेको फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, सम्राट बस्नेतको एक्सन, मिलन चाम्स र कविराज गहतराजको नृत्य निर्देशन समावेश छ।

दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, जोनिया लिम्बु अभिनित फिल्मले बेलायती आइडीवाली युवतीलाई प्रेममा पार्न संघर्ष गर्ने दुई युवकको संघर्षको कथा बोल्छ। फिल्मको सम्पूर्ण छायांकन बेलायतमै गरिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);