२० माघमा ‘मनसँग मन’ रिलिज हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

२० माघमा ‘मनसँग मन’ रिलिज हुने

काठमाडौं। सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ। भारतमा रिलिज भइसकेको यो चलचित्रले राम्रो प्रतिक्रिया पनि पाएको थियो । कैलाश राइको निर्देशनमा तयार भएको यो चलचित्रलाई अरुण तामाङले निर्माण गरेका हुन् । यो चलचित्रलाई माघ २० गतेबाट देशभर रिलिज गर्ने निर्माण पक्षले पक्का गरेको छ । यो चलचित्रमा नायक पुष्प खड्का, नायिका वर्षा सिवाकोटी, कलाकारहरु वुद्दि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, सन्ते दाको अभिनय छ। चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्माको पनि विशेष भूमिका छ। चलचित्रमा अर्जुन पोखरेल र अगोम गुरुङको संगीत, कमल राई र रामजी  लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन छ । चलचित्रलाई लभ स्टोरी जनरामा निर्माण गरिएको छ । चलचित्रको २ वटा गीत पनि निर्माणपक्षले सार्वजनिक गरिसकेको छ।

यो चलचित्रलाई भारतमा रुचाइएपछि फेरि मंसिर २५ गतेबाट दिल्ली, गुजरात, आसाम लगायतका शहरमा रिलिज गर्न लागिएको निर्माणपक्षले बताएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);