काठमाडौं, १० असोज । विद्यालय शिक्षाको विरोधमा आन्दोलनरत राहत शिक्षकहरुले आज पनि आन्दोलन जारी राखेका छन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरुले आज पनि माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेका हुन् ।
सरकार र नेपाल शिक्षक महासंघबीच ६ बुँदे सहमति भएपनि त्यसले आफूहरुको माग सम्बोधन नगरेको भन्दै राहत शिक्षकहरुले आन्दोलनलाई जारी राखेका हुन् ।
आफुहरुको माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।