ताल्चा विमानस्थलमा चिकित्सकको टोली लिन सुदन किराँतीले पठाए नेपाल एयरलाइन्सको जहाज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ताल्चा विमानस्थलमा चिकित्सकको टोली लिन सुदन किराँतीले पठाए नेपाल एयरलाइन्सको जहाज

काठमाडौं, ९ असोज । नागरिक उड्डयन तथा पर्यटन मन्त्री सुदन किराँतीले मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने क्रममा छुटेका १६ जना चिकित्सकहरुलाई लिन जहाज पठाएका छन् । चिकित्सकको टोलीलाई लिन नेपाल वायुसेवा निगमको जहाज पठाएको मन्त्री किराँती आफैले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हन् ।

उनले लेखेका छन्,“मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरुको खबरले दुःखित बनायो । गन्तव्यमा पु¥याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाईएको छ ।”

मंगलबार बिहान ७.३० बजेका लागि तीन साताअघि नेपाल वायुसेवा निगमको १६ जना सर्जन डाक्टरले टिकट बुकिग गरेका थिए । तर आजै ताल्चा विमानस्थलबाट जहाज नेपालगन्ज फर्किने क्रममा उक्त जहाजमा नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवसहितका नेताहरू नेपालगन्ज आएपछि चिकित्सकहरु फर्किन पाएनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);