नेपाल–चीनबीच कृषि क्षेत्रमा भएका यी सम्झौता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

नेपाल–चीनबीच कृषि क्षेत्रमा भएका यी सम्झौता

काठमाडौं, ९ असोज । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीनको कृषि तथा ग्रामिण मामिला मन्त्रालयबीच सम्झौता भएको छ । दुई देशको मन्त्रालयबीच कृषि,पशुपन्छी तथा मत्स्यपालन क्षेत्रमा सहकार्य गर्ने सम्बन्धि सम्झौता भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणको गएको बेला सोमबार उक्त सम्झौता भएको हो ।

यस अघि नै निर्णय भइसकेको कृषि औद्योगिक प्रदर्शनका लागि पार्क बनाउनका लागि नेपाली पक्षले छिो स्थान तय गर्ने सहमति भएको छ । चीनले नेपालबाट घाँस निर्यात गर्न सफल भएको छ भने नेपालबाट चीनमा चिनियाँ औषधीको लागि वनस्पतिबाट ब्युत्पन्न औषधी सामाग्रीको निर्यातका लागि हस्ताक्षर भएकोमा नेपाल र चीनले दुवै देशले स्वागत गरेका छन् । नेपालबाट भैसीको मासु निर्यातका लागि स्वीकृति दिने प्रक्रियालाई तिव्रता दिन दुवै पक्ष सहमत भएको छ ।

राजधानी बेइजिङमा उच्चस्तरीय भेटघाट सकेर अवलोकन भ्रमणलागि प्रचण्ड मंगलबार बिहान विमानबाट छोङ्छिङ महानगर पुग्नुभएको छ । प्रचण्ड छोङछिङ कृषि विज्ञान प्रतिष्ठानको अवलोकन भ्रमण र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवं छोङ्िछङ नगरका पार्टी सचिव, युआन चिउचनले स्वागतका लागि आयोजना गरेको रात्रिभोजमा सरिक हुनुहुनेछ । मंगलबार दिनभर छोङछिङ घुमेर बुधबार बिहान तिब्बत जाने कार्यक्रम छ । छोङछिङ महानगर चीनको कृषि र उद्योगमा आधुनिकीकरण गरिरहेको सहर हो । छोङछिङ चीनका शक्तिशाली नगरपालिका मध्ये एक हो ।

राजधानी बेइजिङ, शाङघाई, थियानचिन र छोङछिङ चारवटा नगरपालिका चीन सरकारको केन्द्रशाशित हुन । जसलाई सरकारले प्रान्त सरहको अधिकारी दिइएको छ । यी चार नगरपालिकाको पार्टी सचिव चिनियाँ कम्युनिस्ट पार्टी सीपीसी)को पोलिटब्युरो सदस्य हुने गर्दछन् । छोङछिङमा स्थापना गरिएको गरिबी निवारण सहकार्य केन्द्रले चिनियाँ गरिबी निवारण अनुभवलाई दक्षिण एसियाली देशहरूसँग साझेदारी र सहयोग आदानप्रदान गर्ने लक्ष्य राखेको छ । यसअघि, चीनले नेपालसँग सहकार्य र सहयोग आदानप्रदानका लागि सिचवान र युनान प्रान्त तथा चीनको स्वायत्त तिब्बतबीच सहकार्य गर्दै आएकोमा पछिल्लो समय छोङछिङ महानगर पनि सहयोग र सहकार्यमा थप गरिएको छ

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);