काठमाडौं, ३ माघ । प्रदेश नम्बर–१ को राजधानी धनकुटा माग गर्दै पूर्विपहाडी जिल्लाहरुले आज पनि बालुवाटारमा प्रर्दशन गरेका छन् ।
पुरानो संरचना अनुसार पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेको धनकुटालाई प्रदेशिक संचनामा पछाडी पार्ने षडयन्त्र भएको भन्दै धनकुटामा सुरु भएको आन्दोलन राजधानी प्रवेश गरेको थियो । भोजपुर, संखुवासभा, तेह्रथुम र धनकुटाका काठमाडौं बासिहरु बालुवाटा गएर धार्नाए तथा अन्दोलन गरिरहेका छन् ।
प्रदेर्शनकारीले भौगोलिक अनुकुलता, पूर्वाधार र हावापानी र सुरक्षासहितका सबै दृष्टिबाट प्रदेश नम्बर–१ को राजधानी धनकुटा उपयुक्त हुने दावी गरेका छन् ।
मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख तोक्ने तथा प्रदेशको राधानी तोक्ने अपेक्षसहित आन्दोलनकारीले दवाव दिएपनि आज पनि मन्त्री परिषद बैठक स्थगित भएको छ । प्रदर्शनमा धनुकुटाबाट निर्वाचित सांसद् पूर्व सांसद र विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता पनि सहभागी भएका छन् । झण्डै दुई सय वर्षदेखि प्रशासनिक केन्द्रको रुपमा रहेको धनकुटामा ३ सय ९१ वटा सरकारी भवनरहेको उनीहरुको दावी छ ।
This website uses cookies.