प्रधानमन्त्री र निर्वाचन आयोगका कारण सरकार गठनमा ढिलाई : भीम रावल | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

निर्वाचन सम्पन्न भएपछि पनि किन नयाँ सरकार गठनमा ढिलाई भइरहेको छ ? वाम गठबन्धनबीच पार्टी एकता कहिले हुन्छ । देशले नयाँ प्रधानमन्त्री कहिले पाउँछ ? यी र यस्तै विषयमा केन्द्रीत रहेर माउन्टेन टेलिभिजनकी मञ्जु कार्कीले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व गृहमन्त्री भीम रावलसँग कार्यक्रम ‘खरो प्रश्न’मा गरेको कुराकानी:

निर्वाचनमा जनताले दिने जनादेश लोकतन्त्रमा निर्णायक हुन्छ । निर्वाचन पश्चात मत परिणाम सार्वजनिक भइसकेपछि नयाँ सरकार गठन गर्नका लागि मार्ग प्रसस्त गर्ने कर्तव्य प्रधानमन्त्रीको हुन्छ ।

तर, यहाँ प्रधानमन्त्री शेरबहादुर देउवाले अनेक निहुँ खोजेर निर्वाचन आयोगलाई समेत पर्दा पछाडिबाट अनेक प्रकारबाट दबाब दिएको पाइएको छ । निर्वाचन आयोगले परिणाम सार्वजनिक नगर्ने अनि मत परिणाम सार्वजनिक भएको छैन भन्दै प्रधानमन्त्री देउवा कुर्चीमा बसि रहनु भएको छ । यसले गर्दा नयाँ सरकार गठनमा ढिलाई भएको हो । अब राष्ट्रिय सभाको निर्वाचन सकिए पछि नयाँ सरकार गठन हुन्छ । सरकार गठन र पार्टी एकता सँगसँगै अघि बढ्छ ।

पुरा भिडियो हेर्नुहोस>>>

ताजा समाचार