डा.प्रज्वल कोइरालाको शव भङ्गालोमा फेला,प्रेममा असफल भएको अनुमान | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

डा.प्रज्वल कोइरालाको शव भङ्गालोमा फेला,प्रेममा असफल भएको अनुमान

काठमाडौं, २१ भदौ । सुनसरीबाट बेपत्ता भएका डा.प्रज्वल कोइरालाको शव फेला परेको छ ।

बराहक्षेत्र नगरपालिका–२ को कोसी भङ्गालोमा १० दिनदेखि बेपत्ता भएका कोइरालाको शव सप्तकोसी नदीको भङ्गालो छुटेर तापु बनेको क्षेत्रमा भेटिएको प्रहरीले जनाएको छ ।

स्थानीयले उनको शव देखेर प्रहरीलाई खबर गरेका थिए । डा.कोइराला सुनसरी र उदयपुर जोड्ने पुलमा मोबाइल,जुत्ता राखेर बेपत्ता भएका थिए ।

उनको शव परिक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । प्रेम सम्बन्ध असफल भएपछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);