अनेसासले नौ महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

अनेसासले नौ महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्दै

काठमाडौं, २१ भदौ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौजना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनिय योगदान पुर्याएका नौ जना बिशेष महिला व्यक्तित्वहरूलाई नगद २ सय पचास डलरसहित सम्मान–पत्रले सम्मानित गर्न लागेको हो ।

नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने संलग्न समितिको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।

समितिको निर्णयअनुसार अनु शाह (साहित्य–बोस्टन), आचार्य प्रभा (साहित्य–कोलोराडो), ज्योति राई (समाजसेवा–न्यूयोर्क), मञ्जु कार्की संग्रौला (डिसी–समाजसेवा),माया गुरूङ (साहित्य–बेलायत),रीतादेवी प्रधान (क्यालिफोर्निया– साहित्य),शान्ता घिमिरे (न्यूजर्सी–साहित्य), डा.संगीता स्वेच्छा (साहित्य–बेलायत) र सुनिता डंगोल (उपमेयर–काठमाडौं, समाजसेवा) रहेका छन् । हालसम्म उक्त पुरस्कारबाट ४५ जना महिला सम्मानित भइसकेका छन् ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);