लालपुर्जा छ हातमा जग्गा छैन साथमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

लालपुर्जा छ हातमा जग्गा छैन साथमा

kanchanpur ssb abarodh

काठमाडौं,१७ भदौ । कञ्चनपुरको सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिक वर्षौं देखि भारतीयको ज्यादतीबाट पीडित बन्दै आएका छन् । आफ्नै जमिन भए पनि न भारतीयले भोगचलन गर्न दिएका छन् न त सरकारले नै उनीहरुको जमिन फिर्ता गर्ने पहल गरेको छ । कञ्चनपुरको पुनर्वास , बेलौरी , दोधाराचांदनी नगरपालिका सीमाक्षेत्रका स्थानीयले भारतीय सुरक्षाकर्मीको त्रासका कारण आफुहरुले जमिन खनजोत तथा भोगचलन गर्न पाएका छैनन् ।

खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका कञ्चनपुर बेलौरी नगरपालिका १० सडकघाटका हरिदास चौधरीको साथमा आफ्नै जग्गाको लालपुर्जा छ । तर, उनीसँग जग्गा भने छैन। उनको हातमा भएको लापुर्जाको जग्गा भारतीय एसएसबीले खनजोत गर्न दिएका छैनन् ।

२०२८ सालदेखि उनीले त्यो जग्गाको भोगचलन गर्दै आएका थिए। तर, २०७६ सालपछि उक्त क्षेत्र भारतमा पर्ने भन्दै भारतीय पक्षले जग्गा खनजोत गर्न नदिएको स्थानीय हरिदास चौधरी र हरिलाल चौधरी बताउछन ।
झन्डै ५ दशक पहिलेदेखि बस्दै आएको उक्त ठाउँमा नेपाल सरकारले जग्गा नापेर उनीहरूलाई लालपुर्जा दिएको थियो । उनिहरुकोे हातमा अहिले पनि लालपुर्जा त छ । तर, जग्गा भोगचलन भने गर्न पाएको छैन। लालपुर्जा भएको आफ्नो भूमि भारतीयले खनजोत तथा भोगचलन गर्न नदिदा सरोकारवाला निकायले चासो नदिएको उनको गुनासो छ।

आफ्नै जग्गामा अर्कैको हालीमुहाली भए पनि वर्षेनी सरकारलाई कर भने उनीहरुले तिर्दै आएका छन् । २०२८ सालदेखि बसोबास गर्दै आएका स्थानीयले भारतीयहरुको हेपाहा रवैया पटकपटक सहँदै आइरहेका छन् ।
हरिदास चौधरी जस्तै, बेलौरी नगरपालिका १० भुडा का बलिराम चौधरीलाई पनि गत बैशाखमा एसएसबीका जवानले आफ्नै जमिन जोत्न रोकेका थिए। एसएसबीले बलिराम चौधरीकोे खेतमै सीमा पिल्लर राख्न खाल्डो समेत बनाएको र आफुहरुले पिल्लर राख्न नदिएको बलिराम चौधरी बताउछन ।

यस्तै दोधाराचांदनी नगरपालिकाको वडा न ८ सुन्दरटोलमा पनि एसएसबीले हरेक बर्ष खेती लगाउने समयमा किसानहरुलाई निकै सताउने गरेको छ । एसएसबी कहिले लगाएको खेतिपाती नै उखेलेर फालिदिन्छ भने कहिले जमिन नै खनजोत गर्न नदिएको स्थानीय तमान सिंह गुरुङ्ग बताउछन । सरकारले सीमा विवाद समाधान गरेर आफूहरुलाई न्याय छिट्टै दिलाइदिओस् भन्ने स्थानीयको अपेक्षा छ । भारतीयहरुले सो जग्गा आफ्नो भएको दाबीसमेत गरेका थिए । हातमा लालपुर्जा रहेको जमिन भारतीय पक्षले दाबी गरेपछि स्थानीय झनै अचम्मित बनेका छन् ।

भारतीय पक्षको हेपाहा प्रवृत्तिको विरोधमा सरकारको कुनै पनि तहले आवाज उठाउन नसकेको स्थानीय देब सिंह थापाको गुनासो छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ,दोधारा चांदनी नगरपालिका , बेलडाँडी गाउपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकामा लामो समयदेखि सीमा विवाद रहिआएको छ । तीन वर्षअघि संयुक्त सर्वेक्षण टोलीले स्ट्रिप नक्साअनुसार नापी गर्न थालेपद्धि झनै विवाद बढेको छ । संयुक्त टोलीले नापी गर्दा नेपालतर्फका दर्ता जमिन संगै महाकाली सिँचाइ आयोजनाको नहरसमेत भारतमा पर्ने देखिएपछि स्थानीयले विरोध गरेका थिए । विरोधपछि नापी कार्य स्थगित भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);