सिरिया संकट चुलिदो, आइएसको आक्रमणमा कम्तिमा ३० को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

सिरिया संकट चुलिदो, आइएसको आक्रमणमा कम्तिमा ३० को मृत्यु

आइएसको आक्रमणमा परि सिरियामा सर्वसाधारण सहित कम्तिमा ३० जनाको मृत्यु, २४ जना घाइते, विद्रोहीसँगको भिडन्त जारी

सिरिया संकट चुलिदो

काठमाडौं । बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) को आक्रमणमा परि सिरियामा सर्वसाधारण नागरिकसहित कम्तिमा ३० जनाको मृत्यु भएको छ । 

इराकसँग सीमा जोडिएको सिरियाको उत्तर पूर्वी क्षेत्रमा आइएसका लडाकुले गरेको आक्रमणमा परि सर्वसाधारण नागरिक र कुर्दिस लडाकु गरी ३० जना भन्दा बढीको ज्यान गएको बिबिसीले जनाएको छ ।

विस्थापित भएका सिरियाली नागरिक तथा इराकी शरणार्थीका लागि राजम अल–सालिबीमा बनाइएको आश्रय स्थललाई लक्षित गरी आक्रमण भएको हो ।

आइएसका लडाकुले सिरियन डेमोक्याटिक फोर्सेस् एसडिएफका लडाकुसँग पनि संघर्ष गरेका छन् । एसडिएफले आइएसविरुद्ध कारवाही अभियान गर्दै आएको छ ।

मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले आइएसका पाँचजना आत्मघाती बम आक्रमणकारीले आफैलाई विस्फोट गराएको र त्यसमा परि ३८ जनाको मृत्यु भएको जनाएको छ । त्यसमध्ये २३ जना सर्वसाधारण नागरिक छन् ।

घटनामा अन्य ३० जना घाइते भएका छन् । सिरियाली सरकारी समाचार संस्थाले भने घटनामा ३० भन्दा बढी सर्वसाधारणको ज्यान गएको र ३४ जना घाइते भएको जनाएको छ ।

तर आक्रमण आत्मघाती रहे नरहेको भने केही खुलाएको छैन । तर कुर्दिस रेड क्रिसेन्टले भने घटनामा २२ जना सर्वसाधारणको ज्यान गएको बताएको छ ।

 

Leave a Reply