ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ,१२ भदौ । ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । ठगी मुद्दाका फरार प्रतिवादी रंगेली नगरपालिका–६ बस्ने ३९ वर्षीय रंजित कुमार मण्डललाई सोमबार पक्राउ गरेको हो ।
जिल्ला अदालत मोरङको २०७७ पुष १३ गतेको फैसलाले ठगी मुद्दामा १ वर्ष ३ महिना कैद र ४० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले आफ्नै गाउँ घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय हाटखोला मोरङ पठाएको  जनाएको छ ।

Leave a Reply

ताजा समाचार